![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/Deuba_Prachanda_Upendra-768x404-1.jpg)
काठमाडौँ । पाँच दलीय गठबन्धनबाट बनेको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा नेतृत्वको सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम टुङ्ग्याइएको छ ।
सोमबार अपरान्ह प्रधानमन्त्री देउबा निवास बालुवाटारमा बसेको तीन शीर्ष नेता क्रमशः प्रम देउबा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संयुक्त बैठकले सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम टुङ्ग्याएका हुन् ।
सोमबार बिहान बसेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि शीर्ष नेताहरु अपरान्ह छलफल गरी साझा कार्यक्रम टुङ्ग्याएका हुन् । उक्त साझा कार्यक्रममा के कस्ता सहमतिहरु भएका छन् भन्ने बारेमा भोलि सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस स्रोतले जनाएको छ ।
पाँच दलहरुको संयुक्त छलफलबाट सरकारको सञ्चालन गरिने दलहरुबीच सहमति भएपनि प्रधानमन्त्री देउबाको एकल निर्णयबाट स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएपछि गठबन्धनको बैठकमा उनको आलोचना भएको थियो । आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा पनि छलफल भएको थियो ।
जसपा र माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु तयार गरिएपनि नेकपा एमालेका नेताहरुलाई पनि सरकारमा सहभागी गराउन विभिन्न माध्यमबाट छलफल भइरहेको बताइएको छ । एमालेमा देउबा नेतृत्वको सरकारमा सहभागी हुने र नहुनेमा विवाद भएपछि सरकार विस्तारमा विलम्व भएको बताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)