• कण्डमकै कारण ओलम्पिकमा खेलाडीले जिते पदक

  • एजेन्सी । अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर, उनका शुभेच्छुकलाई थाहा छैन होला उनले चलाउने नाउ चालु हालतमा राख्न कण्डमको प्रयोग गर्ने गर्दछिन् ।

    फक्सले आफ्नो इन्स्टाग्राम पेजमा एक भिडियो सेयर गरेकी छन् । यो भिडियामा फक्सका एक सहकर्मी उनको नाउ ठीक गर्न कोशिस गरिरहेका हुन्छन् । केही समयपछि उनी उक्त नाउलाई ठीक गर्नका लागि कण्डमको प्रयोग गरिरहेको देखिन्छ ।

    उनले यो भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘मलाई आशा छ कि तपाईंहरुलाई थाहा छैन होला कि एक कण्डमलाई कायक बोटलाई बनाउनका लागि प्रयोग गर्न सकिन्छ । यो कार्बनलाई धेरै नै समुचित आकार दिन्छ ।’ २७ वर्षकी फक्सको यो भिडियो आफ्ना शुभेच्छुक माझ भाइरल भइरहेको छ । यसपछि उनी ओलम्पिकमा कास्य पदक जित्न सफल पनि भइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस