• राता मकैको जग्गा वैद्य माओवादीको कब्जामा

  • काठमाडौं । राता मकै नामले चर्चित कलाकार किरण केसीको चितवनको माडीमा रहेको ४० बिघा जग्गा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले कब्जा गरेको छ । उक्त पार्टीले शनिवार पार्टीको ब्यानर गाडेर कब्जामा लिएको हो ।

    माडी नगरपालिका–२ पौहारीमा कलाकार केसीले प्लटिङ गरेको ४० बिघा जग्गालाई कब्जा गरिएको हो । उक्त जग्गा कुसुमखोलाका सुकुम्बासीले नपाएसम्म आफूहरुको कब्जामा रहने सो पार्टीले जनाएको छ । जग्गा केसी सम्लग्न ट्वान्टी वान ग्रुपले नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको सो पार्टीले आरोप लगाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय