देशभर फेरि कोरोना कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्ने भएको छ ।
सीसीएमसीको बैठक शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ ।
सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माका अनुसार आज बस्ने बैठकमा कोरोनाविरुद्धको खोप व्यवस्थापन, भिडभाड नियन्त्रण गरी संक्रमण रोक्नेलगायत विषयमा छलफल हुनेछ ।
फछिल्लो सयम देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विज्ञहरूले नेपालमा तेस्रो लहर आउन सक्ने भन्दै सचेत हुन ध्यानाकर्षण गराएका छन् । बिहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।