

काठमाडौँ । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले सत्ताधारी नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन्।
उनले कांग्रेसले मौका पाए डेढ वर्ष महाधिवेशन सार्ने दाबी गरेका हुन्।
‘मैले त पहिल्यै भन्या छु– कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दै छ। मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ नपाए अब वडा तहको गर्छ,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सीधै महाधिवेशन गर्छ। देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ। निरंकुश कसले भन्दोरहेछ, हामी पनि हेरौं त!’
आगामी भदौ १९ भित्र १४औं महाधिवशेन गरिसक्ने भनिए पनि कांग्रेसले यसअनुरूप प्रक्रिया अझै अगाडि बढाउन सकेको छैन। छलफल जारी छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
