काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २८ जनाको मृत्यु भएको छ भने तीन हजार १२२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार २९२ पीसीआर परीक्षणमा ३ हजार ३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
२४ घन्टामा ४५० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार १६४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बाँकेमा ३५३, ललितपुमा २७०, रुपन्देहीमा २०९, सुर्खेतमा ११८, मोरङमा ११० र कास्कीमा १०५ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला, बाँके, कास्की, रूपन्देही र सुर्खेतमा सक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।