• योजना आयोगका उपाध्यक्षले लिए शपथ

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई शपथ गराएका हुन् । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई शपथ खुवाएका थिए ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई र सदस्यहरूमा फुयाल र गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस