• मैलुङखोलाको आइपिओ खुल्यो

  • मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ ।

    आजदेखि खुलुला भएको यो कम्पनीको आइपिओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    मेरो सेयर अनलाइन र आस्बा सदस्यप्राप्त आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ ।

    यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

    केयर नेपालले कम्पनीलाई डी रेटिङ प्रदान गरेको छ । औसतमा यो कम्पनी कमजोर स्तरको जनाउँछ । बिक्री प्रवन्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ । रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस