प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भेटवार्ता भएको हो ।
उनीहरूबीच करिब १ घण्टा छलफल भएको थियो । उनीहरूबीच मन्त्रिपरिषद् बिस्तारका विषयमा छलफल भएको बताइएको छ । बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो ।
२७ असारमा प्रधानमन्त्री नियुक्त भएको कांग्रेस सभापतिसमेत रहेका देउवाले आफूसँग चार जनालाई मन्त्री बनाएकोँ थिए । त्यपछि उनले एक जना स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।
गठबन्धनबाट मन्त्री र मन्त्रालयको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।