• रुपन्देहीमा जोर बिजोर प्रणाली

  • कोभिड–१९ संक्रमितको संख्या बढ्दै रुपन्देहीमा सवारी साधनमा जोरबिजो प्रणाली लागू हुने भएको छ । १४ बैशाख देखि कार्यन्वयन हुनेगरी आइतबार सिडियो अस्मान तामाङ्क‍ अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएक‍‍ो ह‍ो । जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायात र बिजोर गते बिजोर नम्बर भएका यातायातका सञ्चालन हुने जनाइएको छ । यो नियम
    निजी र सरकारी चारपाङ्ग्रे,तीन पाङ्गे र दुई पाङ्गेमा लागु गर्ने सिडियो कार्यालयले जनाएको छ । यता केन्द्रबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अपिल गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमण दर बढ्दै गए अस्पतालमा ठाउँ नपुग्ने अबस्था आउन सक्ने संकेत गर्दै संक्रमणको फैलावट रोक्न सबै जिम्मेवार हुनुपर्ने बताएको हो । ‘संक्रमणको चक्रलाई रोक्न सकिएन भने र यही गतिमा फैलिँदै गएको अवस्थामा अस्पतालमा ठाउँ हुनेछैन । व्यक्ति व्यक्तिबाट निर्वाह हुने भूमिकालाई बिचलित हुन नदिऔँ,’ विज्ञप्तिमा भनिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय