• ओलम्पिकमा गौरिकाले बताइन् राष्ट्रिय कीर्तिमान

  • काठमाडाैं। जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

    टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

    गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए। जसमा उनी तेस्रो स्थानमा रहिन्। यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन्।

    पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन्। यसअघि उनको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो।

    ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो। यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय