काठमाडौं। सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।
योसँगै बलाधिकृत र बलाध्यक्ष रथीको जिम्मेवारी सम्हालिरहेका शर्मा भावी सेनापति बन्ने निश्चित भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन्।
अवकाशको एक महिनाअघि बिदामा बस्ने परम्परा अनुसार थापा २४ साउनबाट बिदामा बस्दैछन्। थापा बिदामा बसेपछि शर्मा कामु सेनापति बन्नेछन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय