• उद्घाटन र शिलान्यासलाई थाति राख्न कमल थापाको आग्रह

  • राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गर्दै उनले यस्तो आग्र गरेका हुन ।

    थापाले छन् कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले सरकारले योजना बनाएर अघि बढ्नु पर्ने बताए
    ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु ।´ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ` कोरोना अनियन्त्रित र विकराल बन्दैछ । यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन् । दुःखको बेला जनता भरोसा खोजिरहेका छन् ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय