• आगामी रणनीति तय गर्न ठाकुर पक्षको बैठक बस्दै

  • निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दिएसँगै दलविहीन बनेको महन्थ ठाकुर पक्षले बैठक डाकेको छ । आगामी रणनीति तय गर्न ठाकुर पक्षका नेताहरूको बैठक बस्न लागेको हो ।

    ठाकुर पक्षका नेता एकबाल मियाँले बैठकले अब कसरी बढ्ने भन्ने विषयमा रणनीति बनाउने बताए । उनका अनुसार नयाँ पार्टी दर्ता गर्ने वा अन्य प्रक्रियाबाट अघि बढ्ने भन्नेबारे थप निर्णय भने साउन १५ गतेपछि मात्र गरिने छ ।

    आगामी १५ गते सर्वोच्च अदातलले जसपाका दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनेको छ ।

    सोमबार आयोगमा उपस्थित ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये बहुमत अर्थात् ३४ जना सदस्यले यादव पक्षमा सनाखत गरेका थिए । त्यही सनाखतका आधारमा यादव पक्षले आधिकारिकता पाएको निर्वाचन आयोगक प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका थिए । जेलमा रहेका रेशम चाैधरीले भने आयाेग पुगेर तटस्थ बस्ने निर्णय गरेका थिए । ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान गरिएको छ । तर, त्यसको समयसीमा भने तोकिएको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय