• मन्त्री छनोटमा गल्ती भयो पार्टीको तर्फबाट म क्षमा माग्छु : महामन्त्री खड्का

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् गठबन्धन सरकारलाई सघाउन बनेको कार्यदल संयोजक पूर्णबहादुर खड्काले संघीय मन्त्रिपरिषद र गण्डकी प्रदेशमा गलत मान्छेलाई मन्त्री बनाइएको स्वीकारेका छन्

    संघीय मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री शेरबहादुर देउवाले चर्चित व्यापारी एवम् निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएको भोलिपल्ट खड्काले गलत मान्छेलाई रोजिएको भन्दै क्षमा मागेका हुन्।

    देउवानिकट महामन्त्री खड्काले गण्डकी र संघीय मन्त्रिपरिषद्‍मा गलत मानिस छनोट गरेर कमजोरी गरिएको पनि बताएका छन्। ‘जसका कारणले मन्त्री चयनमा कमजोरी भए पनि कांग्रेस महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबै पक्षसँग क्षमायाचना गर्दछु’उनले भनेका छन्।

    सोमबार आफू नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम बाडेगाउँ पुगेको बताउँदै त्यहीँबाट क्षमायाचना गरेको पनि उल्लेख गरेका छन्।

    ‘गण्डकी सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रूपमा समयमै पाठ सिक्नु जरुरी छ,’ खड्काले फेसबुकमा भनेका छन्, ‘यो ऐतिहासिक अवसरमा हामीले देश र आमनागरिकप्रतिको कर्तव्य पालना गर्न, आशा जागृत गर्न तत्काल सच्चिनु आवश्यक छ। भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छँदै हामी सचेत हुन जरुरी छ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय