• सभामुख सापकोटा र अर्थमन्त्री शर्मा छलफल

  • काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो।

    भेटमा उनीहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

    सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराए। सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय