दोस्रो लहरको कोरोना संक्रमण बढेपछि सरकारले देशव्यापी लकडाउन लगाउने त्रास बढेको देखिएको छ । तर, सरकारले भने तत्काल लकडाउन नगर्ने प्रतिक्रिया दिएको छ ।
लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ। त्यसले अलिकति पछाडि धकेल्ने मात्रै हो। त्यो आफैंमा अन्तिम समाधान होइन,’ आइतबार बालुवाटार बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालील भने । उनले भर्खर अर्थतन्त्र र जनजीवन सुधारको बाटोमा रहेको कारण पनि सरकारलाई लकडाउनको चाहाने नभएको बताएका छन् ।
मन्त्री ज्ञवालीले हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्ने सम्भावना रहेको बताए । उनले नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्न आग्रह गरेका छन् ।
अहिले कोरोनाको सङ्क्रमण भने निकै बढेको छ । दैनिक २५ सयभन्दा बढी सङ्क्रमित देखिएका छन् । परीक्षणका आधारमा सङ्क्रमणदर २० प्रतिशत माथी रहेको छ । यसैले सचेत बन्नु पर्ने देखिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।