काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार शिक्षा क्षेत्रका व्यवसायीका रुपमा कांग्रेस सांसद बनेका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना सुरु भएको छ। कांग्रेसकै नेता र कार्यकर्तासमेत समेत प्रधानमन्त्री देउवाको यो कदमको समर्थन गर्न हच्किइरहेका छन्। बरु यसको आलोचना गरिरहेका छन्।
तर, श्रेष्ठ राज्यमन्त्री नियुक्त भएलगत्तै अर्बपति व्यवसायी विनोद चौधरीले भने आफ्नो ठूलो सन्तुष्टि र खुसी प्रकट गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजनाकेन्द्रित विशेष समितिका सहसंयोजक तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो योगदान गर्नुभएका माननीय उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफलताको कामना गर्दछु।
चौधरी पनि अहिले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य छन्। र, श्रेष्ठ जस्तै उनी पनि व्यवसायीका रुपमा कांग्रेसमा प्रवेश गरेर सांसद पद प्राप्त गर्न सफल भएका हुन्। चौधरी त यसअघि नेकपा एमालेबाट संविधानसभा बनिसकेका हुन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।