• आज पनि देशका विभिन्न ठाउँमा भारी वर्षा

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    काठमाडौं उपत्यकामा आज दिउँसो पानी पर्ने छ । ‘काठमाडौं उपत्यकामा आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । मध्यम वर्षा हुने मौसमी प्रणालीमा देखिएको छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन् ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन विभागले आग्रह गरेको छ ।

    मंगलबार र बुधबार तुलान्तमक रुपमा मनसुन केही सक्रिय हुने छ । ‘हिजो र आजको तुलनामा मंगलबार र बुधबार मनसुन अलि बढी सक्रिय हुने छ,’ मौसमविद् नगरकोटी भन्छिन्, ‘त्यति धेरै भारी वर्षा त हुने होइन तर हिजो र आजको तुलनामा केही धेरै भारी वर्षा हुने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय