काठमाडौं । एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँताइएको छ । रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन् ।
आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ । साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ । पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो ।
२०४७ बैशाख ३गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो । पछि उक्त पार्टीको नाममा थुपै कानुनी लडाइँ भएको थियो ।
नेपाल सद्भावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटकपटक मुद्दा दायर भएको थियो ।
पछिल्लो समयमा नेपाल सद्भावना पार्टी अनिल झासँग पुगेको थियो । झाले नेपाल सद्भावना पार्टीलाई तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएका थिए ।
त्यसपछि नेपाल सद्भावना पार्टी नेपाली राजनीतिबाट हराएको थियो। हराएको पार्टीलाई पुन ब्युँझाइएको सहमहासचिव राजेश चौधरीले बताए । उनले भने, ‘उनले भने यो पार्टीलाई पहिले झैं मधेसमा लोकप्रिय बनाउछौं ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।