• कार्यकारिणी सदस्यसहित उपेन्द्र समूह आयोगकाे इजलासमा उपस्थित हुने

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।

    शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको उक्त पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन समेत दिएको छ ।

    बैठकमा ५१ मध्ये ३३ जना सदस्यहरु सहभागी भएका थिए । बैठकपछि नेता महेन्द्र राय यादवले आफूहरुसँग बहुमत रहेको बताए । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

    बैठकमा संसदीय दलबाट पाारित संसदीय दलको विधान प्रस्तुत भएको उनले बताए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको उनले बताए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने उनको भनाई छ ।

    यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय