• स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ

  • काठमाडौँ । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

    झापा गाउँपालिका( २ बेलाइतिवारी निवासी ४६ वर्षीय गौरी मण्डललाई ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    भारतबाट लुकाइछिपाइ सो रकम नेपाल भित्र्याउने क्रममा शनिबार मण्डललाई कुमरखोदबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय