• राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको बताइए पनि थप जानकारी दिइएको छैन।

    ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक राष्ट्रपति भण्डारीसँग भेट भएको हो। ओली प्रधानमन्त्री भएका बेला प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई यसरी नभेटेका कारण पनि ओलीसँगको भेटलाइ चासोपूर्वक लिइएको छ।

    राष्ट्रपतिले राज्यको कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीबाट मुलुकको नियमित कामकारबाहीका सबै सूचना र जानकारी लिने व्यवस्था छ। त्यसैले पनि विपक्षी दलको नेतासँगको भेटलाइ चासोका साथ हेरिएको हो।
    तर राष्ट्रपति कार्यालयले पनि भेटबारे विपक्षी दलका नेतासँगको छलफलबारे केही उल्लेख गरेको छैन।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय