काठमाडौँ । संघीय सांसदबाट राजीनामा घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट पछि हट्ने भएका छन्। उनले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता गर्ने भएका हुन्।
उनले भोलि नै राजीनामा फिर्ता लिने स्रोतले जनाएको छ। पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए।
साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । यद्यपि उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाइसकेको छैन।
स्रोतका अनुसार एमाले एक बनाउन ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हट्ने निर्णय लिएका हुन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।