काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ। तीमध्ये ९ हजार ६३७ जनाको मृत्यु भएको छ भने ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय