काठमाडाैं। नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्यले पार्टी उपाध्यक्ष भीम रावललाई प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।
काठमाडौं आएर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन्।
रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन्। यसरी रावललाई राजीनामा फिर्ता लिन आग्रह गर्ने माधव नेपाल पक्षका सांसद हुन्।
जवाफमा रावलले सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएका छन्। उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको बताएका थिए।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन ३ साउनमा सांसदबाट राजीनामा दिएका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।