काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे हुने बैठकमा सरकारमा मन्त्रीका रुपमा पठाइने नेताहरुका बारेमा छलफल हुने बताइएको छ ।
सरकारमा सहभागी हुन आकांक्षीहरुको माओवादी केन्द्रमा शीर्ष नेताका घरमा ‘डेलिगेसन’ आउन थालेपछि नेताहरुले बैठक बसेरै यस बिषयलाई टुङ्ग्याउन लागेका हुन् । माओवादीले सरकारमा नयाँ अनुहारलाई पठाउने स्पष्ट अनौपचारिक घोषणा गरेपनि बैठकको माध्ययमबाटै औपचारिक निर्णय गराउन खोजेका छन् ।
मंगलबार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री शेर बहादुर देउबासहित गठबन्धनका शीर्ष नेताहरुलाई भेटी छलफल गरेका छन् ।
प्रधानमन्त्री देउबाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्ताको तयारी गरेका छन् । दलहरुका बीचमा भागबन्डानमिलेकाले मन्त्रिपरिषद् विस्तारमा समस्या पैदा भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।