काठमाडौं । कोरोना संक्रमणपछि घरमा नै आराम गरिरहेका पूर्व राजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा राज्यलक्ष्मी सिंह नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
पूर्वराजपरिवारका तीन जना सदस्य कोरोना संक्रमणका कारण शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।
भारतको हरिद्वारको कुम्भ मेलामा सहभागी भएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई नेपाल आएपछि गरेको परीक्षणमा कोरोना पुष्टि भएको थियो । कुम्भ मेलाबाट पूर्वराजा गत आइतबार नेपाल फर्किएका हुन् ।
पूर्वराजाले नेपाल फर्किनुअघि नयाँदिल्लीमा परीक्षण गराएपनि कोरोना संक्रमण देखिएको थिएन । हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले दिल्लीमा कोरोना परीक्षण गरिएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।