काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनाको मृत्यु भएको छ भने २ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा ८ हजार ६६८ पीसीआर परीक्षणमा २ हजार ४८६ जनामा र सीमा नाकाहरुमा १ हजार १४३ जनाको एन्टिजेन परीक्षणमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा १६ हजार ८२८ सक्रिय संक्रमित पुगेका छन् । हालसम्म कोरोनाबाट नेपालमा ३ हजार १३६ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकेमा ३५२, रुपन्देहीमा २६८, दाङमा १७२ र ललितपुरमा १४१ जना संक्रमित थपिएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।