भक्तपुर । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षीय काम गर्ने बताएका छन् ।
सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ पार्टी प्रवेश तथा अगुवा कार्यकता भेलामा उनले संकटमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्दै कांग्रेसले जनपक्षीय काम गर्ने बताएका हुन् ।
नेता बस्नेतले कांग्रेसले नै संविधानको रक्षा गर्ने भएकाले अन्य दलले पनि कांग्रेस प्रधानमन्त्री शेर बहादुर देउवालाई समर्थन गरेको धारणा राखे । उनले केपी ओलीलाई साथ दिएर राष्ट्रपतिले समेत असंवैधानिक काम गरेको बताए ।
त्यस्तै, उनले सिन्धुपाल्चोकमा क्रियाशिल सदस्यता वितरणमा भेदभाव भएको आरोप लगाए । उनले अन्य दलको उजुरीका आधारमा कांग्रेस सिन्धुपाल्चोकलाई विवादमा तान्न खोजिएको भन्दै आपत्ति जनाए । उनले कार्यकर्ताको उचित व्यवस्थापन गर्न नसके आगामी दिनमा नया क्रियाशिल सदस्य कांग्रेसमा नआउने बताए ।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई नेता बस्नेतले कांग्रेस प्रवेश गराएका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।