• प्रधानमन्त्री देउवाले आज खोप केन्द्रको निरीक्षण गर्दै

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन ।

    आफ्नो मुख्य प्राथमिकता जनताको जीवन रक्षा रहेको बताउँदै आएका प्रधानमन्त्री देउवाले आज काठमाडौंमा सञ्चालन भैरहेको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका हुन ।

    प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आज देशका विभिन्न स्थानहरूमा दिइँदै छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय