काठमाडाैं। राष्ट्रिय जनता पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखर विश्वासको मत दिन आग्रह गरेका थिए। त्यसलगत्तै बसेको सो पक्षको बैकठले शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय भएको सांसद उमाशङ्कर अरगरियाले जानकारी दिए।
कांग्रेस र ठाकुर पक्षीय सांसदबीच संघीय संसद् भवनमा भएको छलफलपछि विश्वासको मत दिने निर्णय भएको भएको थियो। ठाकुर पक्षले उठाएको मुद्दामा प्रधानमन्त्री सकारात्मक भएपछि ठाकुर पक्षले मत दिने निष्कर्षमा पुगेको बताइएको छ।
यसअघि शनिबार जसपाकै उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो। प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद छन्। ठाकुर पक्षले पनि मत दिने भएपछि प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित भएकाे छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।