• प्रधानमन्त्रीको निर्देशन : कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्नू

  • प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा लाग्न निर्देशन दिएका छन् ।

    उनले‍ कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बोलाएर निर्देशन दिएका हुन् ।

    कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रबन्ध गर्न पनि उनले‍ निर्देशन दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस