![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Corona-Virus.jpg)
काठमाडाैं। पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो। सोही अवधिमा २ हजार १६४ जना सङ्क्रमण मुक्त भएका छन्।
हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८८६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ हजार ३६२ सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय