काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीमा नआए पनि केही फरक नपर्ने बताएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाँस्कोटाले अदालतका फैसला र कोही चोइटिएर जाँदैमा एमाले नसक्किने दाबी गरेका छन्।
बाँसकोटाले सर्वोच्च अदालतप्रति व्यंग्य गर्दै लेखेका छन् ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सक्या हुन्थ्यो।’
वरिष्ठ नेता नेपालतर्फ लक्षित गर्दै उनले ‘दस बुँदे मनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्’ भनेका छन्।
नेपाल समूह अलग गएर पार्टी चलाउन नसक्ने र मूल पार्टीमै फर्कनुपर्ने उनको दाबी छ।
उनले विगतमा शेरबहादुर देउवा र वामदेव गौतमले पार्टी फुटाएर पुनः मूल पार्टीमै फर्किएको उदाहरण पनि दिएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।