• थप २,९३६ मा सङ्क्रमण पुष्टि, ४३ जनाको मृत्यु

  • काठमाडाैं। पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार ६ र चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

    यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो। हालसम्म नेपालमा नौ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ।

    त्यस्तै देशभर १ हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

    नेपालमा सङ्क्रमितको निको हुने दर ९४.५ प्रतिशत छ। नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस