काठमाडाैं। अब कतारी रियाल चौथो संस्कररणको नोट नचल्ने भएको छ । कतारी केन्द्रीय बैंकले उक्त नोटहरू १ जुलाई २०२१ बाट चलनचल्तीबाट हटाउने निर्णय लिइसकेको छ ।
कतारी बैंकको यस्तो निर्णयपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई जानकारी गराएको छ । नालको केन्द्रीय बैंकले नेपाली नागरिकसँग भएको रकम अबको २० दिनभित्र साट्न पनि आग्रह गरेको छ ।
राष्ट्र बैंकको विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने वित्तीय संस्थाका साथै मनी एक्सचेन्जैरहरूबाट २७ वैशाखसम्म सटही गर्न भनिएको छ । त्यसपछि कतारी रियाल चौथो संस्क्रणको नोट लिए एक्सचेन्ज नहुने राष्ट्र बैंकले जानकारी गराएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय