• पोखराका मेयर जिसीलाई मस्तिष्कघात, काठमाडौं ल्याइँदै

  • पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान जिसीले स्वास्थ्यमा अप्ठ्यारो महसुस गरेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात भएको पुष्टि गरेका थिए ।

    जिसीका प्रेस संयोजक माधव बरालका अनुसार आज बिहान ४ बजे असहज महशुस भएपछि मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनलाई चिकित्सकको सल्लाहअनुसार काठमाडौं ल्याउन लागिएको छ । १० बजे एभरेस्ट हेलिमार्फत काठमाडौंका लागि उडान तय भए पनि मौसम खराब भएका कारण उडान रोकिएको छ।

    बरालका अनुसार मेयरको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ । स्वास्थ्यमा समस्या देखिए पनि मेयरले बोलचाल गर्न सकिरहेको बरालले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस