• कर्णालीले ल्यायो अध्यादेशबाट बजेट

  • सुर्खेत । कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले आज दुई अध्यादेश स्वीकृत गरेको छ ।

    प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिसका लागि स्वीकृत गर्ने निर्णय गरेको हो ।

    प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को बजेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एक महिनासम्म पारित गर्न नदिएपछि आज अध्यादेशमार्फत बजेट जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले जानकारी दिइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय