• कोरोना देखिएका सांसद बैठकमा उपस्थित हुन नपाउने

  • काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूको आज बिहान ११ बजेदेखि कोरोना परीक्षण हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सांसदहरूको एन्टिजेन परीक्षण हुने सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

    एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ आउनेको पिसिआर परीक्षण हुने उनले बताए । पीसीआरमा पनि पोजिटिभ आए बैठकमा उपस्थित हुन नपाइने उनको भनाइ छ । उनले अधिवेशनका लागि भौतिक तयारी, सुरक्षा मापदण्ड लगायतका काम सुरु भएको जानकारी दिए ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस