• पूजा भन्छिन्, ‘मेरो जीवनमा कोही छ, त्यो आकाश होइन’

  • अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठबीच प्रेम रहेको चर्चा चल्न थालेको धेरै समय भइसक्यो । ‘रामकहानी’ पछि फिल्म र म्यूजिक भिडियोमा निरन्तर सहकार्य गर्दै आएको यो जोडी सार्वजनिक कार्यक्रममा जाँदा समेत कहिल्यै छुटिएन । बर्थडे सेलिब्रेसनमा पनि उनीहरु एक-अर्कासँग घनिष्ट देखिन्थे ।

     केमेस्ट्री रुचाइएका कारण उनीहरुलाई विवाह गर्न दर्शकले दबाब दिदैँ आएका छन् । तर, उनीहरुले भने आफ्नो प्रेमलाई स्विकारेनन् ।

    केहीसमय यता आकाश र पूजाबीच तिख्ताता बढेको छ । उनीहरु एक-अर्कासँग उति घनिष्ट छैनन् ।

    यस्तैमा, पूजाले आफ्नो जीवनमा कोही विशेष व्यक्ति आएको खुलासा गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट गफमा उनले आफू मिंगल हुने तयारीमा रहेको खुलाएकी हुन् ।

    एक फ्यानले ‘कसम सिंगल हो ?’ भनेर सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’

     सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने उनले बताएकी छन् । अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय