• सांघाईको एक कारखानामा आगलागी हुँदा आठको मृत्यु

  • एजेन्सी। सांघाईमा एक कारखानामा आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

    विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने सो कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो साढे १ बजे आगलागी सुरु भएको बताइएको छ । स्थानीय समयानुसार शुक्रबार बिहानमात्रै आगलागी नियन्त्रणमा आएको थियो । आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ ।

    वरपरको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस