• मन्त्रालयको भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्ने तयारी

  • सरकार सञ्चालन र मन्त्रालयको भागबण्डाबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको छ । अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई/दुई जनालाई मन्त्री नियुक्त गरेका छन् भने बाँकी मन्त्रालय आफू मातहत राखेका छन् ।

    बाँकी मन्त्रालयको भागबण्डाबारे छलफल गर्नेगरी बैठक बस्न लागेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए । बैठक बस्ने तयारी गरिएको तर समय स्थानको टुंगो लागिनसकेको उनको भनाइ छ । तर, गबन्धनको बैठकमा एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूह सहभागी हुने नहुनेबारे टुंगो लागेको छ ।

    देउवालई प्रधानमन्त्री नियुक्त गर्ने अदालतको आदेशपछि बसेको गबन्धनको बैठकमा नेपालले आफूहरू गठबन्धबाट बारिएको बताएका थिए । त्यसपछि बुधबार प्रधानमन्त्री देउवाले आफूहरूलाई साथ कोटेश्वर पुगेर नेपाललाई आग्रह गरेका थिए ।

    माओवादी केन्द्रले सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्रको माग गरेको छ । गठबन्धको बैठकका सरकार सञ्चाल मन्त्रालय भागबण्डाका साथै उच्चस्तरीय संयन्त्रका बारेमा छलफल हुने नेता पौडेलले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय