काठमाडौँ । एमाले नेता सूर्य थापाले आफ्नै पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पक्षविरुद्ध फेरि तितो पोखेका छन्।
मंगलबार नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिन गएको सन्दर्भ जोड्दै थापाले नेता नेपालको आलोचना गरेका हुन्।
वहिर्गमित प्रधानमन्त्री केपी ओलीका सल्लाहकारसमेत रहेका थापाले आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाएको र उनैलाई पहिलो बधाई दिन गएको भन्दै नेता नेपालको आलोचना गरेका हुन्।
मंगलबार राति देउवाले राष्ट्रपतिबाट प्रधानमन्त्रीको सपथ लिँदा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र डा।बाबुराम भट्टराई सँगै थिए। तर सपथग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी अर्मा ओली भने सहभागी भएका थिएनन्।
सपथग्रहण समारोहमा नेता नेपालले प्रधानमन्त्री देउवासँग हात मिलाउँदै बधाइ दिएका थिए। जसको थापाले आलोचना गरेका हुन्। आफ्नै पार्टी अध्यक्ष ओलीलाई छाडेर प्रधानमन्त्रीमा देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २३ सांसदको नाम कोड गर्दै थापाले उनीहरुलाई गद्दार भनेर आलोचनासमेत गरेका छन्।
‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधवकुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला,’ थापाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनादेशविपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति ‘हलो ताछी मुङ्ग्रो’ बनाएजस्तै हो। यिनै २३ को गद्दारीको परिणाम त हो१’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।