काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा उल्लेख नगरी सर्वोच्चको आदेशअनुसार नियुक्त गरेको उल्लेख गरेपछि देउवाले असन्तुष्टि जनाउँदै शपथ लिन अस्वीकार गरेका हुन् ।
मंगलबार साँझ ६ बजे शपथको तयारी गरिए पनि देउवा राष्ट्रपति कार्यालय पुगेका छैनन्। देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६(५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय