• देउवाले आफूसँगै कस-कसलाई खुवाउँदै छन् मन्त्रीको शपथ ?

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशबमोजिम प्रधानमन्त्रीको शपथ लिने तयारीमा जुटेका छन् । सर्वोच्चले दिएको समयअनुसार राष्ट्रपतिले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ खुवाउनु पर्ने हुन्छ ।

    देउवाले आफूसँगै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् । पहिलो चरणमा कसलाई मन्त्री बनाउने भन्नेबारेमा अहिले देउवाले पार्टीका नेताहरूसँग परामर्श गरिरहेका छन् ।

    कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा. मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये दुई जना मन्त्री बन्ने चर्चा छ ।

    त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन ‘अनन्त’ पहिलो चरणमा मन्त्री बनाउने तयारी छ । त्यस्तै जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले पनि मन्त्रीहरूको नामको अन्तिम तयारी गरिरहेको छ । जसपाले १ बजे बैठक बसेर मन्त्रीको नाम टुंग्याउने तयारी गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस