• आजको मौसम : यी स्थानमा भारी वर्षा

  • काठमाडाैँ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।

    आज राति देशभर बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले अहिले देशभर बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ ।

    भोलि पनि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै प्रदेश १ का एकरदुई स्थानमा मेघ गर्जसहित धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    त्यस्तै बिहीबार देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

    आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ । जसका कारण पहिरो जाने तथा नदीहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस