काठमाडौं। विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा केन्द्रित हुने निर्णय गरेको छ।
कोटेश्वरमा बसेको गठबन्धनको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो। संसद पुनःस्थापना गर्दै सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो।
बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको गठबन्धनको बैठकले प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय