• थप २,३७० जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षणमा ६८० गरी २ हजार ३७० जनामा कोरोना पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना संक्रमणमुक्त भएका छन्।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ। जसमध्ये ९ हजार ४०० जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय