काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।
उनले फैसलाले सबै नेपाली जनताको जित भएको बताएका छन् । उनले फैसलालाई इतिहासको एउटा महत्वपूर्ण परिघटना भएको बताउँदै फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाएको उल्लेख गरेका छन्।
प्रचण्डले फैसला गर्ने सर्वोच्च अदालत, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई पनि बधाई र धन्यवाद दिएका छन् ।
पटकपटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको उल्लेख गर्दै उनले अदालतको आदेशलाई इतिहासले सम्मान गरिराख्ने उल्लेख गरेका छन् ।
सर्वोच्चले संसद विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।